एमाले महाधिवेशन : रावल, भुसाल र आचार्यले गराए उम्मेदवारी दर्ता

लोकपथ
455
Shares

काठमाडौं । नेकपा एमालेको १०औँ महाधिवेशनका लागि आइतबार राती केपी शर्मा ओलीले सार्वजनिक गरेको केन्द्रीय कमिटीमा नपरेका नेताहरुले उम्मेदवारी दर्ता गराएका छन् ।

३०१ जनाको केन्द्रीय कमिटीमा नपरेको भीम रावलले अध्यक्ष, घनश्याम भुसालले उपाध्यक्ष र भीम आचार्यले सचिवमा उम्मेदवारी दर्ता गराएका हुन् ।

आइतबार राती ओलीले बन्दसत्रमा प्रस्तुत गरेको पदाधिकारी र केन्द्रीय समिति सदस्यहरुको नामावलीमा असन्तुष्ट भएकाहरुले उम्मेदवारी दर्ता गर्ने क्रम जारी छ ।

सहमतिको प्रयास अन्तिमसम्म खोजे पनि सर्वसम्मत रुपमा नेतृत्व चयन हुन नसकेपछि निर्वाचनमा जान लागिएको हो ।

एमालेको १०औँ राष्ट्रिय महाधिवेशन मंसिर १० गतेबाट चितवनमा जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?