काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज जाजरकोटमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । शोक वक्तव्य जारी गर्दै उनले दुर्घटना लगत्तै घाइतेको उद्धार गरी उपचारको व्यवस्था मिलाइएको बताए ।
नेपालगञ्जबाट जाजरकोटको कालीमाटीतर्फ जाँदै गरेको ना६ख २७५७ नम्बरको रात्रि बस भेरी नगरपालिका–१३ बराचौर नजिकै दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा २८ जना घाइते भएका थिए । गम्भीर घाइतेलाई उपचारका लागि नेपाली सेनाको हेलिकोप्टर र गाडीमा नेपालगञ्ज पुर्याइएको छ ।
कर्णालीमा बारम्बार हुने सडक दुर्घटना न्यूनीकरणका लागि यातायातका साधनको नियमित अनुगमन, सिट क्षमताअनुसार यात्रु राखे-नराखेको जाँच गर्न सुरक्षा निकाय र सरोकारवाला पक्षलाई निर्देशन दिएको शाहीको वक्तव्यमा उल्लेख छ ।
मुख्यमन्त्री शाहीले उक्त वक्तव्यमार्फत मृतकप्रति श्रद्धाञ्जली, घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना र शोकमा रहेका आफन्तजनप्रति समवेदना व्यक्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया