एमाले बन्दसत्र फेरि एक घण्टा पछि धकिलियो

लोकपथ
756
Shares

काठमाडौं । नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र फेरि सरेको छ । साँझ ७ बजे बन्दसत्र सुरु हुने भनिए पनि पछिल्लो समयमा आएर एक घण्टा पछि सारिएको छ । अध्यक्ष मण्डलको बैठक बस्ने भएकाले बन्दसत्र एक घण्टा पर सारिएको स्रोतले जनाएको छ ।

अध्यक्ष मण्डलको बैठकपछि बन्दसत्र सुरु हुनेछ । अध्यक्ष मण्डलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको ३०१ जनाको सूची पेस गरिनेछ । ओलीले सहमतिमा नेतृत्व चयन गर्ने प्रयासस्वरुप दशौं महाधिवेशनबाट चयन हुने केन्द्रीय कमिटीका पदाधिकारीसहित ३०१ सदस्यीय सूची तयार पारेका छन् ।

एमालेका निवर्तमान सचिव पृथ्वीसुब्बा गुरुङले महाधिवेशनमा नयाँ नेतृत्वका लागि ९० प्रतिशतसम्म सहमति भइसकेको र आजै महाधिवेशन सम्पन्न हुने जानकारी दिए । निर्वाचनको तयारी गरेको केन्द्रीय निर्वाचन आयोग भने सहमति हुने भएपछि मौन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?