काठमाडौं । नेपाली कांग्रेसको ललितपुर जिल्ला सभापतिमा जितेन्द्रकुमार श्रेष्ठ निर्वाचित भएका छन् ।
आइतबार सार्वजनिक भएको अन्तिम मत परिणामअनुसार श्रेष्ठले ६६५ मतसहित विजयी भएका हुन् । त्यस्तै उनका प्रतिद्वन्द्वी रामकृष्ण चित्रकारले ६५३ मत पाएका थिए ।
सभापतिका लागि ३ जनाबीच प्रतिस्पर्धा भएकोमा कसैले पनि ५० प्रतिशतभन्दा माथि मत नल्याएपछि पुनः मतदान भएको थियो । ३ जनामध्ये धेरै मत ल्याउने श्रेष्ठ र चित्रकारबीच दोस्रो चरणमा प्रतिस्पर्धा भएको थियो ।
विजयी भएका श्रेष्ठलाई संस्थापनका नेताहरुको समर्थन रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया