एमालेका महाधिवेशन प्रतिनिधिहरुलाई घनश्याम भुसालको यस्तो अपील (पत्रसहित)

लोकपथ
518
Shares

काठमाडौं । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसाले दशौँ महाधिवेशनमा राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गर्ने ठोस कार्यक्रम ल्याउन महाधिवेशन प्रतिनिधिहरुलाई अपील गरेका छन् ।

बन्दसत्रको दोस्रो दिन एक वक्तव्य जारी गर्दै उपमहासचिव भुसालले यस महाधिवेशनबाट कम्युनिष्ट आन्दोलनलाई एकीकृत गनुपर्नेमा समेत जोड दिएका छन् ।

‘सबै प्रतिनिधि समक्ष मेरो अपील छः दशौँ महाधिवेशनले कम्तिमा पनि दलाल पुँजीवादकोविरुद्ध राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गर्ने ठोस कार्यक्रमका बनाउन संकल्प गरोस्’, उनले अघि भने, ‘पार्टीका सिद्धान्तहरुको निर्माणमा अगाडी रहेर करिब दुई दशकदेखि क्रियाशील सदस्यको हिसावले मेरो के दाबी छ भने नेकपा एमालेको पुनरोदयका लागि ती असंगती हटाउनै पर्नेछ, त्यसका आधारमा कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्नै पर्नेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?