काठमाडौं । दक्षिण अफ्रिकामा कोरोना भाइरसको परिवर्तित नयाँ भेरियन्ट ‘ओमिक्रोन’को भेटिएसँगै नेपालमा सतर्कता अपनाउनेबारे छलफल सुरु भएको छ ।
कोरोना नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को रोकथाम लागि पूर्वतयारी गर्न कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय समिति (सीसीएमसीसी)ले छलफल थालेको छ ।
सीसीमसीसीको साप्ताहिक बैठकले कोरोनाको नयाँ भेरिन्ट संक्रमण हुनबाट कसरी सतर्कता अपनाउने भन्नेबारे छलफल गर्नेछ । सीसीमसीसीकी प्रवक्ता सुनिता नेपालका अनुसार बैठकमा सीमा नाकामा कडाइ तथा अन्तर्राष्ट्रिय उडानबारे छलफल हुनेछ ।
दक्षिण अफ्रिकामा देखिएको नयाँ भेरियन्ट नेपालमा आउन सक्ने भन्दै स्वास्थ्य मन्त्रालयले दक्षिण अफ्रिका हुँदै आउनेलाई अनिवार्य रुपमा क्वरेण्टीन बस्न आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया