काठमाडौं । नेकपा एमालेको १० औं महाधिवेशनको बन्द बन्दसत्रको हलभित्र प्रवेश गरेका महाधिवेशन प्रतिनिधिहरूलाई सुरक्षाको कारण देखाउँदै बाहिर निकालिएको छ ।
प्रवेश गरेका प्रतिनिधिहरूको स्क्रिनिङ नगरिएको भन्दै उनीहरूलाई बाहिर निकालिएको हो ।
अब सबैको अनिवार्य स्क्रिनिङ गरेर मात्र फेरि भित्र पस्न पाउने व्यवस्था मिलाइएको छ । बिहान १० बजे सुरु हुने भनिएको महाधिवेशनको बन्दसत्र अहिलेसम्म सुरु हुन सकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया