काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेले वलिदानीका साथ ७२ वर्ष पार गरेको बताएका छन् ।
आज (शुक्रबार) बाट चितवनमा सुरु भएको नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले सो कुरा बताएका हुन् ।
‘यसपार्टीले वलिदानीका ७२ वर्ष पारित गरेको छ । यस पार्टीले सङघर्षका ७२ वर्ष पार गरेको छ ।’ ओलीले भने ।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशलाई हिजो राणा शासनलाई भत्काउने आन्दोलनदेखि लिएर राजतन्त्र फाल्ने आन्दोलनसहित उतारचढाव समेत झेलेर आज महाधिवेशन गर्न आएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया