सबैभन्दा बढी तितोपिरो कम्युनिष्ट आन्दोलनमा छ : चित्रबहादुर केसी

लोकपथ
126
Shares

काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले सबैभन्दा बढी तितोपिरो कम्युनिष्ट आन्दोलनमा रहेको बताएका छन् ।

नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वउपप्रधानमन्त्री समेत रहेका अध्यक्ष केसीले वाम आन्दोलनका लागि एकतावद्ध हुनका लागि आग्रह समेत गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष केसीले भने, ‘राजनीतिक गर्ने व्यक्तिहरु नसुध्रिकन नेपाली जनताले यस्तो अवस्था देखिरहन्छ । हामी झगडा गरेपछि बाहिरका शक्तिहरु खेल्छन् । सबैभन्दा बढी तितोपिरो कम्युनिष्ट आन्दोलनमा छ । हामी हाम्रो आन्तरिक कुरा अरुलाई सुनाउँछौँ अनि बाहिरीले खेल्छ ।’

साथै उनले अहिले मुलुक जसरी जानुपर्ने हो त्यसरी मुलुक जान नसकेको बताएका छन् । उनले सबै राजनीतिक पार्टीले एउटाले अर्कोलाई दोष लगाइरहेका बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?