मधेसका माग पूरा नगरे २० लाख मानिस उतार्ने ठाकुरको चेतावनी

लोकपथ
119
Shares

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेसका माग पूरा गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाह गरेको भूमिका प्रशंसा गरेका छन् ।

शुक्रबार चितवनमा नेकपा एमालेको १० औं महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै ठाकुरले मधेसको केही माग पूरा भएको र केही माग अझै पूरा हुन बाँकी रहेको बताए ।

मधेस तथा थरूहट आन्दोलनका क्रममा २९२ जनामाथि लगाइएका मुद्दामध्ये तत्कालीन प्रधानमन्त्री ओलीको सद्भावनाले गर्दा १३९ जना रिहा भएको पनि उनले बताए ।

मधेसका माग पूरा गर्ने सन्दर्भमा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले पनि आश्वासन दिएको भन्दै उनले बाँकी माग पूरा गर्न ध्यानाकर्षण गराए ।

उक्त माग पूरा नभएमा फेरि पनि २० लाख मानिस उतार्ने चेतावनीसमेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?