स्वाथ्यमा सुधार नआएपछि वर्षमान पुनलाई थाइल्याण्डबाट चीन लगियो

लोकपथ
868
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुनको स्वाथ्यमा सुधार नआएपछि थप उपचारका लागि थाइल्याण्डबाट चीन लगिएको छ ।

गत असोज १३ गतेदेखि पुनको थाइल्याण्डको बैंककस्थित समितिभेज अस्पतालमा उपचार भइरहेको थियो । उनको स्वास्थ्यमा उल्लेख्य सुधार नभएपछि नेता पुनलाई आज (शुक्रबार) थप उपचारका लागि चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेन रिफर गरिएको हो ।

पुन विश्वमै विरलै देखिने जटिल प्रकृतिको जण्डिसबाट पीडित रहेको परिवार स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?