काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार काभ्रेको तालढुंगा जाने भएका छन् ।
आफ्नै पार्टीको कार्यक्रममा सहभागी हुन प्रचण्ड काभ्रेको तालढुंगा जान लागेका हुन् । एमाले महाधिवेशनमा सहभागी हुन चितवन नजाने भएका छन् । माओवादी केन्द्रका नेता लिलामणि पोखरेल भने महाधिवेशनमा सहभागी हुने भएका छन् ।
एमाले कार्यालय सचिव शेबहादुर तामाङले दिएको जानकारी अनुसार जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, माओवादी केन्द्रका नेता लिलामणि पोखरेल र राप्रपा अध्यक्ष कमल थापाले एमाले महाधिवेशनको उदघाटन समारोहलाई सम्बोधन गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया