निर्धन उत्थान लघुवित्तद्वारा ३१.०५२६ प्रतिशत लाभांश प्रस्ताव, बोनस कति ?

लोकपथ
156
Shares

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षका लागि आकर्षण लाभांश घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई चुक्ता पूँजीको ३१.०५२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

संस्थाको हिजो मंसिर ९ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरूलाई चुक्ता पूँजीको २९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५५२६ प्रतिशत नगद गरी कुल ३१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत भई र संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?