काठमाडौं । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा आज चितवनतर्फ प्रस्थान गर्दैछन् ।
आजबाट सुरु हुन लागेको महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन प्रधानमन्त्री देउवा दिउँसो १ बजे त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।
सो बारेमा लोकपथलाई जानकारी दिँदै प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले भने, ‘एमाले महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री १ बजे चितवन प्रस्थान गर्ने कार्यक्रम रहेको छ । ’
मंसिर १२ गतेसम्म चल्ने महाधिवेशनका लागि नेपालका प्रमुख राजनीतिक दल साथै विदेश राष्ट्रहरुबाट समेत नेताहरुको उपस्थिती हुने एमालेले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया