काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा राजेन्द्र लिङदेनले उम्मेदवारी घोषणा गरेका छन् ।
राप्रपाका महामन्त्री समेत रहेका नेता लिङदेनले बिहीबार दरबारमार्गस्थित एक होटेलमा पत्रकार सम्मेलन गर्दै आगामी महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।
यसअघि अध्यक्ष पदमा उम्मेदवारी दिने चर्चा चलेपनि आज लिङदेनले आधिकारीक रुपमा उम्मेदवारी घोषणा गरेका हुन् ।
त्यस्तै पत्रकार सम्मेलनमा बोल्दै लिङदेनले आफूले जित्नकै लागि उम्मेदवारी घोषणा गरेको बताए । आफ्नो उम्मेदवारीले अन्य दलहरुलाई समेत चुनौती हुने उनको दाबी रहेको छ ।
राप्रपाको आगामी महाधिवेशन मंसिर १५, १६ र १७ गते काठमाडौंमा हुँदैछ । आगामी महाधिवेशनमा लिङदेनले कमल थापासँग प्रतिष्पर्धा गर्तेछन् ।
अध्यक्षको उम्मेदवारी गरेका लिङदेनलाई धवलशमशेर राणा लगायतको समर्थन रहेको छ । उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै राणाले पार्टीमा अब नयाँ अनुहार चाहिएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया