काठमाडौं । नेपालगञ्ज विमानस्थलमा अवतरण गर्ने क्रममा बुद्ध एयरको विमान स्यालसँग ठोक्किएको छ ।
बुद्ध एयरको एटिआर-७२ कल साइनको विमान साँझ सात बजे नेपालगञ्ज विमानस्थलमा अवतरण गर्ने क्रममा स्यालसँग ठोक्किएको हो ।
विमानमा सवार ७० यात्रु सकुसल रहेका छन् भने विमानमा सामान्य क्षति भएको जिल्ल प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए ।
यसअघि पनि नेपालगञ्ज विमानस्थलमा सीता एयरको विमानमा बदेल ठोकिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया