नम्बर नफेरी सेवा प्रदायक फेर्न सकिने

लोकपथ
0
Shares
Mobile phone sim card, standard, micro and nano sim card – stock vector

मोबाइल प्रयोगकर्ताले आफ्नो नम्बर परिवर्तन नगरी अर्को सेवा प्रदायकको सेवा लिन सक्ने व्यवस्था कार्यान्वयनमा आउने भएको छ। चर्चामा आएको करिब पाँच वर्षपछि प्राधिकरणले ‘मोबाइल नम्बर पोर्टेबिलिटी (एमएनपी)’ लागू गर्न यससँग सम्बन्धित नियमावलीको मस्यौदा तयार गरेको हो।
हाललाई सुझावका लागि सार्वजनिक गरिएको उक्त मस्यौदाले भविष्यमा आफूले प्रयोग गरिरहेको मोबाइल सेवा प्रदायकको सेवा चित्त नबुझे अथवा सेवा फेर्न चाहेमा सहजै अर्को सेवा प्रदायकको सेवा लिन सक्नेछन्। यसले पुरानै नम्बरको प्रयोग गरेर सेवालाई नियमित राख्न सक्ने सुविधा उपभोक्तालाई प्राप्त हुनेछ।
मस्यौदाअनुसार मोबाइल प्रयोगकर्ताले यसरी आफ्नो नम्बरबाटै अर्को सेवा प्रदायकको सेवा लिन चाहेमा सेवा लिन चाहेको सेवा प्रदायकलाई रीतपूर्वक निवेदन दिनुपर्नेछ। यस्तो सेवा लिन आफ्नो मोबाइल नम्बर सक्रिय भएको कम्तीमा ९० दिन भने पूरा भएको हुनुपर्नेछ। गोरखापत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?