धनगढी । नेपाली कांग्रेस कैलालीको पालिका स्तरीय अधिवेशनअन्तर्गत नौ वटा पालिकामा अधिवेशन अघि बढेको छ । १३ वटा स्थानीय तह रहेको कैलालीमा चार वटा पालिकाबाहेक नौ वटा स्थानीय तहमा अधिवेशन भइरहेको हो ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध नेत्रविक्रम चन्द विप्लव’ समूहले गरेको नेपाल बन्दका कारण चारवटा पालिकामा अधिवेशन हुन नसकेको प्रचार–प्रसार विभाग प्रमुख नृपबहादुर सुनारले बताए ।
‘विप्लवले गरेको बन्दका कारण मतदाताहरु निर्वाचन स्थल आउन सकेनन । त्यसैले अधिवेशन सारिएको हो’, उनले भने ‘प्रदेशकै एकमात्र धनगढी उपमहानगरपालिका, गौरिगंगा, घोडाघोडी र भजनी नगरपालिकामा मंगलबारदेखि अधिवेशन शुरु हुन सकेन ।’
उनका अनुसार नौ पालिकामध्ये मोहन्याल गाउँपालिकामा मतदान भई मत परिणाम आइसकेको छ, भने लम्की चुहा नगरपालिकामा मतदान भइरहेको छ ।
मोहन्याल गाउँपालिकामा कांग्रेसका कमल साउद सभापतिमा निर्वाचित भएका छन् । मंगलबार भएको मतदानमा प्रेम बुचामगरलाई पराजित गर्दै साउद सभापतिमा निर्वाचित भएका हुन । साउदले ७५ मत ल्याएर विजयी भएका छन्, भने उनका प्रतिद्धन्दी प्रेम बुचामगर २७ मत ल्याएर पराजित भएका छन् । मोहन्याल गाउँपालिकाका अन्य पदाधिकारी पनि कमल साउदको प्यानलबाटै निर्वाचित भएका छन् ।
सुदूरपश्चिमको एकमात्र उपमहानगर धनगढीको सभापतिका लागि नेता यज्ञराज उपाध्यायले उम्मेदवारी घोषणा गरेका छन् । उद्योग वाणिज्य संघका पूर्व महासचिव रुपेश स्वाँरले पनि नगर सभापतिमा चुनाव लड्ने बताएका छन् । तर उपाध्यायले स्वाँरले आफूलाई समर्थन गर्ने भएकाले सर्वसम्मत रुपमा सभापति बन्ने विश्वास व्यक्त गरेका छन् ।
गोदावरी नगरपालिकामा वीरबहादुर चोखाल र विष्णु बडेलाले उम्मेदवारी घोषणा गरेका छन् । घोडाघोडीमा कालिराम चौधरी, बमबहादुर सिंह र चन्द्रु चौधरीले आकांक्षी छन् । गौरीगंगामा पहलविक्रम चन्द र मोहन साउदबीच प्रतिस्पर्धा हुनेछ ।
लम्की चुहा नगरपालिकामा इन्द्र कुँवर र भक्त चलाउने सभापतिमा लड्ने बताएका छन् । भजनी नगरपालिकामा टेकराज न्यौपाने र नवराज मिश्र चुनावी दौडमा छन् ।
कैलारी गाउँपालिकामा कृष्ण चौधरीलाई सर्वसम्मत सभापति बनाउने प्रयास भइरहेको काँग्रेसले जनाएको छ । टिकापुर नगरपालिकामा नरेन्द्र कुमार खत्री र झनक तिमिल्सिना सभापतीमा आकाक्षी देखिएका छन् । चुरे गाउँपलिकामा खगेन्द्र खडायत र हेम शाह, मोहन्याल गाँपालिकामा मतदान सकिएर मतगणना भइरहको छ । यीमध्ये धनगढी, जोशीपुर र जानकी गाउँपालिकामा सहमतीको अन्तिम प्रयास भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया