काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (सोमबार) २ कम्पनीको सेयर सूचीकृत भएको छ । सोमबार २ कम्पनीको ३७ लाख १७ हजार ९६९ दशमलव ५० कित्ता बोनस सेयर सूचीकृत भएको हो । अपि पावर र एनएलजी इन्स्योरेन्सको बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको छ ।
नेप्सेका अनुसार अपि पावर कम्पनीको १० प्रतिशत बोनस सेयरवापतको २६ लाख २१ हजार ५९४ कित्ता सेयर सूचीकृत भएको हो । अपी पावरले आर्थिक वर्ष २०७७/७८ का लागि कुल ११.०५ प्रतिशत लाभांश वितरण गरेको थियो । जसमा १०.५ प्रतिशत बोनस सेयर र बाँकी ०.५५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) थियो।
त्यसैगरी, एनएलजी इन्स्योरेन्सको १० प्रतिशत बोनस सेयरवापतको १० लाख ९६ हजार ३७५ दशमलव ५० कित्ता सेयर सूचीकृत भएको छ । यो कम्पनीले आर्थिक वर्ष २०७६/७७ मा सेयरधनीहरुलाई वितरण गरेको १० प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया