कुन देशको विनिमयदर कति छ ? हेर्नुहोस् सूचीसहित

लोकपथ
427
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमवार)का लागि विभिन्न देशको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

जसअनुसार अमेरिकन डलर एकको खरिददर ११८ रुपैयाँ ८० पैसा र बिक्रीदर ११९ रुपैयाँ ४० पैसा रहेको छ ।
त्यसैगरी यूरोपियन यूरोको खरिददर १३६ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३६ रुपैयाँ ७४ पैसा रहेको छ ।

त्यस्तै, साउदी अरबीयन रियल एकको खरिददर ३१ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८४ पैसा कायम भइ कारोबार भइरहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यता मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ५२ पैसा र बिक्रीदर २८ रुपैयाँ ६६ पैसा रहेको छ ।

राष्ट्र बैंकका अनुसार कुवेती दिनार एकको खरिददर ३९३ रुपैयाँ २५ पैसा र बिक्रीदर ३९५ रुपैयाँ २३ पैसा साथै बहराइन दिनार एकको खरिददर ३१५ रुपैयाँ १२ पैसा र बिक्रीदर ३१६ रुपैयाँ ७१ पैसा कायम भइ कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?