कम्बोडियाका प्रधानमन्त्री सम्देच टेको हुन सेनले आइतवार कोभिड-१९ विरुदध पूर्ण रूपमा खोप लगाइएका सबै अन्तरिक यात्रुहरूलाई क्वारेन्टिन अनिवार्य नहुने घोषणा गरेका छन्।
सोमबारदेखि क्वारेन्टिनमुक्त यात्रा शुरु हुने कुरा उनले विशेष अडियो सन्देशमा जानकारी दिएका छन् ।
प्रधानमन्त्री हुन सेनले भने, “हाम्रो कुल जनसंख्याको लगभग ८८ प्रतिशतले कोभिड-१९ विरुद्धको खोपहरू प्राप्त गरिसकेकाले अब क्वारेन्टिनको आवश्यकता पर्दैन”
कम्बोडिया जाने अन्तरिक एवं बाह्य पर्यटक दुवैलाई अब क्वारेन्टिन बस्न आवश्यक पर्दैन तर कोभिड-१९ को खोप नलिएकाहरुले भने १४ दिनको क्वारेन्टिनमा अनिवार्य बस्नुपर्नेछ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया