नेपाल बैंकर्स सङ्घको अध्यक्षमा अनिल उपाध्याय सर्वसम्मत रुपमा चयन भएका छन् । सङ्घको ३५औँ साधारणसभामार्फत आज नयाँ कार्यसमिति औपचारिक रुपमा सार्वजनिक गरिएको हो । उपाध्याय कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत(सिइओ) छन् ।
सङ्घको उपाध्यक्षमा एनएमबी बैंकका सिइओ सुनिक केसी सर्वसम्मतरुपमा चयन भएका छन् । सङ्घको सदस्यमा लक्ष्मी बैंकका सिइओ अजय विक्रम शाह, मेघा बैंकका सिइओ अनुफमा खुञ्जेली, नेपाल एसबीआई बैंकका सिइओ दीपककुमार देव, नेपाल बैंक लिमिटेडका सिइओ कृष्ण अधिकारी, एनआइसी एसियाका सिइओ रोशन न्यौपाने, माछापुच्छ्रे« बैंकका सिइओ सन्तोष कोइराला र सन्राइज बैंकका सिइओ सुमन शर्मा चयन भएका छन् । सल्लाहकारमा अनिल केशरी शाह, अशोक शमशेर राणा र ज्ञानेन्द्र ढुङ्गाना चयन भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया