सिरियामा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली भएको छ । जसअनुसार सेनानी सुनिल थापाको कमाण्डमा १६२ जनाको टोली काठमाडौंबाट त्यसतर्फ प्रस्थान गरेको छ ।
कोभिड–१९ महामारीका बाबजुद शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप गरिएका अदली बदलीको दौरानमा सम्पुर्ण सुरक्षा सतर्कता तथा प्रोटोकलहरूको पालना गरिएको नेपाली सेनाले जनाएको छ ।
संयुक्त राष्ट्रसंघको आव्हानमा नेपाली सेनाले विभिन्न मिसनहरुमा सहभागी भई द्वन्दग्रस्त मुलुकहरुमा शान्ति स्थापना कार्यमा योगदान पुर्याउदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया