मम्याग्दीको बेनी अस्पतालमा जनशक्ति र पूर्वाधार अभावमा सेवा प्रभावित भएको छ । पचास शय्या क्षमताको अस्पतालले अस्थायी संरचना र करार जनशक्तिका भरमा ६४ शय्या सञ्चालन गरेको छ ।
पन्ध्रबाट ५० शय्यामा स्तरोन्नति भएको पाँच वर्षसम्म पनि अस्पतालको नयाँ भवन निर्माणले पूर्णता पाउन र दरबन्दीअनुसारका जनशक्ति व्यवस्थापन हुनसकेको छैन । फरक–फरक ठाउँमा अस्थायी संरचना बनाएर सघन उपचार, डायलायसिस, कोभिड र बालरोग उपचार कक्ष थपेर ६४ शय्याको सेवा सञ्चालन गरेको छ ।
अस्पतालमा कार्यरत अधिकांश चिकित्सक र स्वास्थ्यकर्मी करारका भएका प्रमुख चिकित्सक जितेन्द्र कँडेलले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया