गएको २४ घण्टामा प्रदेश नं १ मा यस वर्षको सबैभन्दा कम तीन जनामा कोरोना सङ्क्रमण भएको छ । सो सङ्क्रमण ११ जनाको पीसीआर परीक्षण गर्दा तीन जनामा देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । पीसीआर परीक्षणका आधारमा झापाको भद्रपुरमा दुई र मेचीनगरमा एक जनामा सङ्क्रमण देखिएको हो ।
प्रदेशमा आजै ३८ महिलासहित ८४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने तीन महिलासहित चार जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया