काठमडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति आक्रोशित भएका छन् ।
ओली सरकारले विकास निर्माणको काम प्रति चाँसो नदिएको भन्दै आक्रोशित भएका हुन् ।
बिहीबार बंगलादेश दूतावासले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता नेपालले सरकार सुशासन कायम गर्ने विषयमा अग्रसर नदेखिएको टिप्पणी गरे । उनले भने, स्रोत साधानले सम्पन्न रहेको मुलुकलाई समृद्ध बनाउने सोचको अभाव रहेको स्मरण गराए । सरकारले मुलुकमा रहेको स्रोतसाधनको सहित सदुपयोग गरेर देशलाई समृद्ध बनाउने अवसर गुमाउन नहुने पस्पष्ट पारे ।
नेता नेपालले देश विकासमा सरकारलाई गम्भिर हुन आग्रह गर्दै जलस्रोत, ऊर्जा, कृषि र खनिज जस्ता क्षेत्रको विकासमा विशेष जोड दिन ध्यानकार्षण गराए ।
त्यस्तै बंगलादेशसँगको सम्बन्धलाई सझै समधुर र विस्तृत बनाउन चाहेको नेता नेपालले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया