काठमाडौं– ड्यूटीमै रहेको बेला दुई वर्षअघि सई गजेन्द्र रावललाई एसएसपी श्याम खत्रीले फोन गरेर सोधे –सई बालकृष्ण संन्जेल तिमिसंग तिम्रो अफिसमा काम गर्ने केटा हो?
जवाफमा रावलले भने– हाम्रो पिल्लर ४ मा काम गर्ने भाई हो ।
जवाफ पाएपछि खत्रीले भने–संन्जेलले मेरो भान्जोलाई गोली हान्छु भनेको छ रे !
सो क्रममा खत्रीले बालकृष्णलाई सम्झाइदिन समेत भनेकाले उनले सन्जेललाई भेटेर गोली हान्ने काम नगर्न सचेत गराएका थिए ।
खत्रीको भान्जा को हुन् भन्ने रावलाई थाहा समेत थिएन पछि सुनकाण्ड मच्चिएसँगै खत्रीको भान्जा चूडामणि उप्रेति गोरे रहेको खुल्न आएको थियो ।
सन्जेलले बयानका क्रममा रावललाई पनि मुछेपछि सुनकाण्डको छानबिन समितिलाई उनले दिएको बयानमा भनिएको छ, ‘भान्जा भनेको गोरे भन्ने चुडामणी उप्रेती हो भन्ने मलाई थाहा थिएन । मलाई गोरे भन्ने चुडामणी उप्रेतीले फोन गरेको होइन, निज को हो, निज गोरे भन्ने चुडामणी उप्रेतीलाई चिन्दिन । मैले सई बालकृष्ण संन्जेलसंग गोरे भन्ने चुडामणी उप्रेतीलाई चिन्जान गराएको होईन र २ बर्ष अगाडी एसएसपी श्याम खत्रीले मलाई पटक पटक फोन गरी भेट गर्न बाजेको सेकुवा कर्नर पुरानो बानेश्वरमा बोलाएकोले म भेट्न बानेश्वर गएँ र सई संन्जेललाई बोलाउन भनि एसएसपी श्याम खत्री सरले भनेकोले मैले संन्जेललाई बोलाएको हुँ ।’
सो क्रममा श्याम खत्रीले संन्जेललाई भान्जालाई केही नगर भनेपछि उनी निस्किएको र आफू पनि त्यसको १० मिनेटमा निस्किएको बताएका छन् ।
तर, खत्री भने एक्लै रक्सी पिएर त्यही बसेको उनको बयानमा उल्लेख छ ।
‘ म कार्यरत कार्यालयका तत्कालिन कार्यालय प्रमुख एसएसपी दिनेश अमात्यको कार्यकालमा हाम्रो पिल्लर नं.४ का पिल्लर प्रमुख डिएसपी अजय के.सी.ले म समेत लाई सई बालकृष्ण संन्जेलले सुनको सुचना ल्याएको छ, उ त्यही सिनामंगलमा छ, तुरुन्त सिनामंगल जानु परो गाडीमा बस भनि डिएसपी अजय से.सी.सरले भनेकोले अजय के.सी.सर समेत भएर म, प्र.ना.नि.बिक्रम बाबु जोसी, प्र.ना.नि राजेन्द्र थापा, प्र.ना.नि.जनक गिरी र प्र.ज.मेष बहादुर राना भई बानेश्वर तिनकुने गयौं ’ उनको बयानमा भनिएको छ, ‘त्यस पश्चात प्र.ना.उ.अजय सरले मलाई प्र.ना.नि.बालकृष्ण संन्जेल भएको ठाउँमा जाउँ म गाडीमै बस्छु । प्र.ज.मेष बहादुर राना मो.सा.लिएर तिनकुने मन्दिर नजिक बस्छ, सुनको गाडी कताबाट आउँछ र कता तिर जाँन्छ तुरुन्त खबर गर्नु हाम्रो गाडी सुन भएको गाडी नजिक पुगेपछी सुन समात्नुपर्छ भन्ने प्र.ना.उ.अजय के.सी.को आदेश अनुसार म संन्जेल भएको ठाउँ सिनामंगल पुगे, सिनामंगल पुग्दा संन्जेल र अर्को मानिस थिएँ, संन्जेलले त्यो मानिस गोरे भान्जा भनि चिनजान गराए हामी त्यही बस्दा बस्दै गोरे भान्जाले सुन भएको गाडी भन्सारको कार्गो तिरबाट आउँदै छ भनि म र प्र.ना.नि.संन्जेललाई एक एक वटा साम्सुग कम्पनिको सेतो सादा सामान्य मोबाइल सेट दियो । ’
उनले अगाडि भनेका छन्, ‘हामी त्यही ठाउँमा वस्दा वस्दै उक्त गोरे भान्जाको मोबाइलमा सुन बोकेको गाडी हिड्यो भनि गाडी नम्बर टिपायो, मैले तत्काल प्र.ना.उ.अजय के.सी सरलाई उक्त नम्बर टिपाएँ र सुन बोकेको गाडी गौशला तर्फ जादैछ तपाईहरु तुरुन्त आउँनुहोस म र संन्जेल गाडीमा छौं भने, म र संन्जेल त्यही गोरे भान्जाको गाडीमा चढेर सुन भएको गाडी फलो गर्यौं । तिलगंगा पुग्दा प्र.ना.उ.सर भएको गाडी पनी आईपुग्यो र हामीले सुराकी अनुसाको २ के.जी.सुन हुन्छ भनेको सुचना अनुसार २ के.जी. सुन नभएको तर हामीले २ के.जी. भन्दा कम डेढ के.जी.भन्दा बढी सुन सहित गाडी र मानिस नियन्त्रणमा लिई हामी अफिस तिर गयौं हामी अफिस पुगेको बेलुका उक्त मोबाइल दिएको कुरा प्र.ना.उ.सरलाई जानकारी गराएको हो ।’
उक्त मोबाइल कार्यालयको काममा प्रयोग गरेको पनि उनले बयान दिएका छन् ।
यसो त २ बर्ष अगाडी श्याम खत्रीले केटीहरुसंग गोप्य रुपमा कुराकानी गर्ने कुनमा ठिक हुन्छ भनि आफूलाई सोधेको पनि उनले बयान दिएका छन् ।
जवाफमा उनलाई आफूले भाईबर, फेसबुक भन्दा अहिले निस्केको डिङ टोन एप्लिकेसन राम्रो हुन्छ भनी सुझाएको बताएका छन् ।
खत्रीले २ बर्ष अगाडी कहिले काँही मोबाइल फोनहरुको लोकेसन समेत माग्ने गरेको तर आफूले उनलाई मोबाइलका लोकेसन उपलब्ध नगराएको समेत स्पष्ट पारेका छन् । बयानका लागि उनलाई समितिले नियन्त्रणमा लिएको भएपनि पछि दोषी नपाइएपछि उनलाई छाडिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया