काठमाडौं । ग्यास बोकेर काठमाडौंतर्फ आउँदै गरेको ग्यास बुलेट त्रिशूली नदीमा खसेको छ ।
शुक्रबार बिहान गजुरी गाउँपालिका २ फुर्केखोला र मलेखुको बीचमा भारतबाट ग्यास बोकेर काठमाडौंतर्फ आउँदै गरेको बीआर५५फ्यूएच८६३० नं.को ग्यास बुलेट दुर्घटना भएको हो । दुर्घटनामा १ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा ग्यास बुलेटका चालक भारत जब्बु रजौरीका ३६ वर्षीय सुरेन्द्र सिंहको घटनास्थलमै मृत्यु भएको जिल्ल प्रहरी कार्यलय धादिङले जनाएको छ ।
शुक्रबार बिहान ७ बजे बुलेट अनियन्त्रित भई चदुर्घटना भएको र सडकबाट करिब १५ मिटर तल त्रिशूली नदिनमा खसेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया