साफ च्याम्पियनसिप : नेपाल भर्सेज श्रीलंका

लोकपथ
707
Shares

काठमाडौं । माल्दिभ्समा जारी १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज सोमबार श्रीलंकासँग भिड्दै छ ।

मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुने खेलमा नेपाल र श्रीलंकाबीचको खेल नेपाली समय अनुसार राति ९:४५ बजे सुरु हुनेछ ।

नेपाल आज आफ्नो दोस्रो जितको खोजीमा हुनेछ । बलियो टिम श्रीलंकाविरुद्ध नेपाललाई जित निकाल्न सहज भने छैन ।

नेपालले पहिलो खेलमा आयोजक माल्दिभ्सलाई १-० गोल अन्तरले पराजित गरेको थियो । नेपाललाई जित दिलाउन मनिष डाँगीले निर्णायक गोल गरेका थिए । नेपाल तीन अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

श्रीलंका पनि भने पहिलो जित निकाल्ने योजनामा रहेको छ । श्रीलंका पहिलो खेलमा बंगलादेशसँग पराजित भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?