नरेन्द्र मोदीले उद्घाटन गरेको बससेवाबाट अवैध धन्दा

काठमाडौँ । भारतिय प्रधानमन्त्री नरेन्द्र मोदिको नेपाल भ्रमणको समयमा तामझामको साथ उद्घाटन गरिएको दिल्ली काठमाडौँ चल्ने गाडीमा अवैध सामान ओसारपसार गर्ने गरेको पाइएको छ ।

दिल्लीबाट काठमाडौँ आएको नेपाल भारत मैत्री सेवाको डिएल १ पि डी १७३३ बसमा अवैध १६ बोरा अवैध कपडा प्रहरीले पक्राउ गरेको हो ।

महानगरिय प्रहरी बृत कालिमाटीबाट खटेको टोलीले अवैध कपडाको अलवा ५ कार्टुनभन्दा बढी भन्सार छली ल्याइएको सर्जिकल सामग्री बरामद गरिएको बृत प्रमुख डिएसपी प्रदिप क्षेत्रीले जानकारी दिए ।  

पछिल्लो समय भन्सार छलीको सामग्री आयात बढेको भन्दे प्रहरीले निगरानी बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?