भारतीय खोप कोभिसिल्डलाई इटलीले पनि दियो मान्यता

लोकपथ
140
Shares

काठमाडौं । इटलीले भारतीय कोरोना भ्याक्सिन कोभिसिल्डलाई मान्यता दिएको छ। भारतीय स्वास्थ्य मन्त्री मनसुख मण्डाविया र इटलीका स्वास्थ्य मन्त्री रोबर्टो स्परेन्जाको बैठकपछि इट्ली कोभिसिल्डलाई मान्यता दिएको हो।

इटलीस्थित भारतीय दूतावासले ट्वीट गरी मनसुख मण्डाविया र रोबर्टो स्परेन्जाबीच भएको बैठकपछि कोभिसिल्डलाई इटलीमा मान्यता दिइएको जानकारी गराएको छ। भारतीय भ्याक्सिन कार्ड होल्डर्स अब ग्रीन कार्ड पाउन पनि योग्य भएका छन्।

यसअघि बुधबार भारतका विदेश मन्त्री एस जयशंकरले इटलीका विदेश मन्त्री लुइगी डी मायोको साथ यस सम्बन्धमा वार्ता गरेका थिए। डी मायोले वर्तमानमा जी-२० देशहरूको अध्यक्षता गरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?