वाशिङ्टन। क्वाड सदस्य राष्ट्रका नेताहरुले शुक्रबार अक्टोबरमा कोभिड १९ खोपको निर्यात सुचारु गर्ने भारतको घोषणाको सराहना गरेका छन्।
अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रधानमन्त्री नरेन्द्र मोदी, अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन र जापानका प्रधानमन्त्री योशिहिदे सुगाको सहभागितामा पहिलो पटक व्यक्तिगत रूपमा क्वाड लीडर्स शिखर सम्मेलनमा प्रधानमन्त्री मोदीले सुरक्षित र प्रभावकारी कोभिड १९ खोपको निर्यात सुचारु गर्ने घोषणा गरेकोप्रति सराहना गरेका छन्।
क्वाडले अक्टोबर २०२१ बाट सुरू हुने कोभ्याक्ससहित सुरक्षित र प्रभावकारी कोभिड १९खोपहरुको निर्यात सुचारु गर्ने भारतको घोषणाको पनि स्वागत गर्दछ, क्वाडका नेताहरुले जारी गरेको संयुक्त वक्तव्यमा भनिएको छ।
यसका साथै जापान र अस्ट्रेलियाले पनि भारतबाट खोप किन्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
जापानले क्षेत्रीय साझेदारहरुलाई कोभिड १९ संकट आपतकालीन सहायता ऋण को ३.३ बिलियन डलरको माध्यमबाट खोपहरु खरिद गर्न मद्दत गर्न जारी राख्ने बताएको छ ।
अष्ट्रेलियाले २१२ मिलियन डलर अनुदान सहायता दक्षिणपूर्वी एशिया र प्रशान्तको लागी खोपहरु खरिद गर्न प्रदान गरिने जनाएको छ। क्वाड मुलुकहरुले १.२ बिलियन डोज खोप कोभ्याक्सको माध्यमबाट वित्त पोषित खुराकको अतिरिक्त, विश्वव्यापी रूपमा अनुदान दिने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।
‘कोभिडबाट ग्रसित अर्थतन्त्र र स्वास्थ्य क्षेत्रको सुधारका लागि क्वाड मुलुकहरुले जोड दिने छन्। खोप उत्पादन क्षमता वृद्धि गर्न र भारतलाई खोप निर्यातमा समर्थन गर्ने हाम्रो योजनालाई अझ राम्रो बनाउने छौं’, वक्तव्यमा भनिएको छ।
क्वाड देशहरूले महामारीको अवस्थाको आकलन साझा गरेका छन् र यसको बिरूद्ध लड्नको लागी गठबन्धन प्रयासहरुबारे पनि छलफल भएको बताइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया