चट्याङ लागेर एक जनाको मृत्यु

लोकपथ
70
Shares

जाजरकोट । जिल्लाको बारेकोट गाउँपालिकामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

शनिवार बेलुकी पाँच बजे परेको चट्याङले बारेकोट गाउँपालिका–१ रामीडाँडाकी १६ वर्षीया सम्झना गिरीको ज्यान गएको प्रहरीले जनाएको छ ।

शनिबार बेलुकी अन्दाजी ५ बजेतिर गोठालो गएको बेला रामीडाँडा चौरमा चट्याङ लागेर उनको मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?