अधिकांश दैनिक उपभोग्य वस्तुको मूल्य बढ्दा के गर्दैछ सरकार ?

चाडवाड नजिँकिँदै गर्दा अधिकांश दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि भएको छ ।

उद्योग व्यवसायीले चाडवाड नजिँकिँदै गर्दा दैनिक उपभोग्य वस्तुको मूल्य बढाएका हुन् । उद्योग व्यवसायीहरुले अन्तर्राराष्ट्रि बजारमा कच्चा सामानको आयात वृद्धि भएको भन्दै मूल्य वृद्धि गराएका हुन् । अहिले बजारमा खाने तेल,खाद्यान्न, दाल चामल, गेडागुडी, चिनी, तरकारी, फलफूल लगायतका दैनिक उपभोग्य वस्तुहरुको मूल्य बढेको छ ।

चिनी

चिनीको उत्पादन कम भएको तथा बढी मात्रामा भारततर्फ निर्यात भएको भन्दै उद्योग व्यवसायीहरुले चिनीको मूल्य बढाएका छन् । उद्योग व्यवसायीहरुले प्रतिकिलो १५ देखि २० रुपैयाँको हाराहारीमा मूल्य बढाएका छन् ।

खाने तेल

त्यस्तै,उद्योग व्यवसायीहरुले खाने तेलको मूल्य पनि वृद्धि गरेका छन् । अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य वृद्धि भएकोले भन्दै खाने तेलको मूल्य बढाएका हुन् । गत वर्षको हिार पछि बढेको खाने तेलको मूल्य लगायत रुपमा वसृद्धि भइरहेको छ । पटक पटक बढेको खाने तेलको मूल्य अहिले प्रतिलिटर २ सय २ सय ५० रुपैँया देखि २ सय ७० रुपैयाँको हाराहारीमा कारोबार भइरहेको छ । कोरोना भाइरसको महामारीपछि बजारमा खाने तेलको मूल्य दैनिक जसो बढिरहेको छ । एक साताको वरिपरी खाने तेलको मूल्य प्रतिलिटर न्यूनतम १५ रुपैयाँदेखि ३५ रुपैयाँसम्म वृद्धि भएको छ ।

एक वर्षअघि भुटेको तोरीको तेलको मूल्य प्रतिलिटर २२० रुपैयाँ रहेको मूल्य अहिले ३ सय ३० रुपैयाँ पुगेको छ । त्यस्तै,एक वर्षको अन्रालमा सनफ्लावर तेलको मूल्य १२५ रुपैँयाबाट बढेर खुद्रा पसलमा २ सय ७० रुपैँया सम्म पुगेको हो । त्यस्तै,भटमास तेलको मूल्य प्रतिलिटर ११५ रुपैयाँबाट बढेर २२० रुपैयाँ छ ।

अण्डा

सरकरको फितलो र कमजोर अनुगमनका कारण अण्डामाथिको ब्रह्मलुट नरोकिएको हो । अहिले होलसेल पसलदेखि खुद्रा पसलेहरुले अण्डाको कारोबारमा बह्मलुट नै मच्चाएका छन् । अण्डा उत्पादक कम्पनीहरुले प्रति के्रट अण्डा ४०० मै उपलब्ध गराएका छन् । तर उपभोक्ताले भने ४ सय ६०/७० रुपैँया तिर्न बाध्य छन् । किन बढिरहेको छ,यसरी अण्डाको मूल्य ? उत्पादक कम्पनीहरुले मूल्य बढाउकै हुन् त ? उत्पादनमा आएको कमी तथा माग उच्च हुँदा पनि अण्डको भाउ बढ्न मदत पुगेको छ । झण्डै एक महिनाअघि खुद्रा बजारमा अण्डाको मूल्य १२ रुपैयाँमा प्रतिगोटा थियो । केही समय अघि १८ देखि २० रुपैयाँमा पनि प्रतिगोटा विक्री भइरहेको थियो । अहिले होलसेलमै मूल्य बढाएपछि खुद्रा पसलेले झै मूल्य बढाउने संभावना छ ।

अधिकांश खाद्यान्नको मूल्यवृद्धि

कोरोना महामारी यता उपभोक्ता बजारमा अधिकांश खाद्यान्नको मूल्यमा वृद्धि भएको छ । खुद्रा व्यवसायी संघको तथ्यांक अनुसार मुंग दाल १३० रुपैयाँबाट १६५ रुपैयाँ, मासको दालको मूल्य १३० रुपैयाँबाट १६० रुपैयाँ प्रतिकेजी र मुसुरो तथा रहरको दालमा क्रमशः ४० र ६० रुपैयाँले मूल्य बढेको देखिएको छ ।

के भन्छन् उपभोक्तावादी अधिकारकर्मीहरू ?

पछिल्लो समय अधिकांश दैनिक उपभोग्य वस्तुको मूल्यमा चर्काे वृद्धि भएको तर सरकाले नियन्त्रण गर्न नसकेको उपभोक्तावादी अधिकारकर्मीहरुले जनाएका छन् । अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले सरकारको बेवास्ताका कारण नै अहिले बजारमा प्रायःजसो उपभोग्य वस्तुहरुको मूल्य बढेको बताए ।

‘कच्चा पदार्थको मूल्य नबढेका बेला यहाँ मूल्य बढ्नु सरकारको कमजोरीका कारण हो । ’ उनले भने । सरकारले बजार अनुगमन प्रभावकारी नहुँदा दैनिक उपभोग्य मूल्यमा चलखेल भइरहेको अध्यक्ष तिमल्सिनाको भनाई छ । ‘ यो व्यवसायीहरुको चलखेल हो । सरकारले कारवाही गर्नुपर्छ । ’ उनले भने ।

सरकारको चाडवाड लक्षित अनुगमन

सरकारले हरेक वर्ष चाडवाड लक्षित अनुगमन गर्दै आइरहेको छ । यसपाली पनि सरकारले चाडवाड नजिकिँदै गर्दा सरकारले फाट्टफुट्ट अनुगमन गर्न थालेको छ ।

बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य बढेको गुनासो आएको भन्दै सरकारले अनुगमन तीब्र पारेको जनाएको छ । । ‘ हामीले निन्तर बजार अनुगमन गरिरहेका छौँ । ’वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता शिवराज सेढाईँले भने ।

बजारमा कलाबजार तथा कुनै पनि दैनिक उपभोग्य वस्तुमा बढी मूल्य लिएको पाइएमा विभागको सम्पर्क नम्बर ९८४१३८२३०२ मा सम्पर्क गर्न समेत प्रवक्ता सेढाईँले आग्रह गरेका छन् । कुनै पनि व्यवसायीहरुले उपभोक्ता ठग्ने काम गरेको पाइएमा सरकारले कुनै पनि बहानामा छुन नदिने उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?