काठमाडौं । चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य वस्तुहरुको अभाव हुन थालेको छ । सरकाको बेवास्ताका कारण पछिल्लो समय चाडको मुखैमा चिनीको अभाव सिर्जना भएको हो । साल्ट ट्रेडिङ कर्पोरेसनले चाडबाडको मुखमा चिनीलगायत दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिन चिनीको आयात गर्न स्वीकृतिका लागि अर्थ मन्त्रालय स्वीकृति मागेको थियो ।
चिनी आयात गर्ने कम्पनीले झण्डै एक वर्षअघि मन्त्रालयसँग ५० प्रतिशत छुटमा चिनीआयातका लागि अनुमति मागेको थियो । तर अर्थ मन्त्रालयले स्वीकृति नदिएका कारण अहिले चिनीको अभाव चुलिलएको छ । लामो समयदेखि चिनी आयातका लागि स्वीकृति माग्दा पनि मन्त्रालयले नदिएको साल्ट ट्रेडिङ कर्पोेरेसनका सूचना अधिकारी कुमार राजभण्डारीले बताए ।

‘चिनी आयातका लागि अर्थ मन्त्रालयले स्वीकृति नै दिएको छैन’, उनले भने । चाडबाडको मुखैमा चिनीको अभाव हुँदा नेपालीहरुका दुई ठूला चाड दशैं र तिहारमा अभाव भई मूल्य बढ्ने कर्पाेरेसनले जनाएको छ ।
दैनिक रुपमा बजारमा चिनीको माग ३० हजार टन छ । अहिले कार्पोरेसनले सो माग पूरा गर्न सकेको छैन । कोर्पोरेसनसँग अहिले चिनीको स्टक नै छैन । कर्पोरससनसँग अहिले भएको चिनीको स्टक २ सय ७५ टन मात्रै छ । सो चिनीले एक दिनको माग पनि धान्न नसक्ने सूचना अधिकारी राजभण्डारीले बताए ।
अर्थ मन्त्रालयको लापरबाहीले अभाव चुलिँदो
अर्थ मन्त्रालयले साल्ट ट्रेडिङ कर्पोरेसनलाई चिनी आयात गर्ने अनुमति नदिँदा बजारमा अभाव चुलिँदो छ । लामो समयदेखि अनुमति मागिरहँदा पनि अर्थ मन्त्रालयले किन दिएको छैन, अनुमति ? अर्थ मन्त्रालयका अनुसार साल्ट टे«डिङलाई चिनी आयतका लागि मन्त्रालयको अनुमतिको आवश्यकता नपर्ने जनाएको छ ।

‘साल्ट्र ट्रेडिङलाई चिनी ल्याउन हाम्रो अनुमति नै चाँहिदैन’, अर्थ मन्त्रालयका प्रवक्ता महेश आचार्यले भने । साल्ट्र ट्रेडिङले आफैँ चिनी आयात गर्ने अधिकार भएकाले मन्त्रालयको स्वीकृतिको आवश्यकता नपर्ने उनले बताए । ‘बजारमा अभाव हुन थाल्यो भने आफैँ ल्याएर अभाव हटाउन सक्छ’, प्रवक्ता आचार्यले भने ।
कृत्रिम अभाव सिर्जना गर्न थाले उद्योगी
साल्ट ट्रेडिङसँग चिनीको मौजाद सकिएको चाल पाएका उद्योगीहरुले कृत्रिम अभाव सिर्जना गर्न थालेका छन् । उद्योगीहरुले चिनीको अभाव देखाउँदै कम मात्रामा मात्रै चिनी ल्याउने गरेको एक व्यवसायीले बताए । पछि चर्काे मूल्यमा बिक्री गर्नेगरी उद्योगीहरुले चिनी लुकाएर अभाव सिर्जना गर्न थालेको ती व्यवसायीको भनाइ छ ।
उपभोक्ता सधैँ मारमा
बजारमा निरन्तर रुपमा बढिरहेको दैनिक उपभोग्य वस्तुको मूल्यका कारण उपभोक्ता सधैँ मारमा पर्नेगरेका छन् । कहिले तरकारी, फलफूल त कहिले खाने तेल त कहिले चिनी गेडागुडीको मूल्य बढिरहेको छ ।
जसको प्रत्यक्ष भार आम उपभोक्ताको टाउकोमा परेको छ । त्यसैमाथि कोरोना भाइरसको संक्रमणका कारण आम उपभोक्ताको आम्दानी घट्दो क्रममा छ । एकातिर आम्दानी घट्ने र अर्कातिर महँगी बढ्दा अपभोक्ता दोहोरो मारमा परेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया