हेर्नुहोस् आजको टप १५ हेडलाइन्स्(भिडियोसहित)

लोकपथ
98
Shares

१. १५ हजार २९० कोरोना परीक्षणमा २ हजार ४८२ जनामा संक्रमण पुष्टि, १ हजार ७८१ जना संक्रमणमुक्त, थप ४४ को मृत्यु, काठमाडौंमा ५१५ जनासहित उपत्यकामा ७४५ जना संक्रमित थपिए

२. एमालेसँग माधव नेपालको सम्बन्ध टुट्यो, नयाँ पार्टी नेकपा एकीकृत समाजवादी गठनका लागि आज २९ सांसद र ५५ केन्द्रीय सदस्यले निर्वाचन आयोगमा गरे हस्ताक्षरको सनाखत

३. कारबाही रोकेर सभामुख सापकोटाले लोकतन्त्रको हुर्मत लिएको एमाले अध्यक्ष ओलीको आरोप, सरकारले प्रतिपक्ष फुटाउने आशयले मात्रै अध्यादेश ल्याएको भन्दै प्रचण्डको अभिव्यक्तिको चर्को आलोचना

४. जसपा फुटेर बनेको लोकतान्त्रिक समाजवादी पार्टी दर्ताको लागि सनाखत टुंगियो, महन्थ ठाकुर पार्टी एकिकरणको १६ महिनामै जसपाबाट बाहिरिए

५. गण्डकी प्रदेशका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, मुख्यमन्त्रीले देखाए २५ लाख ऋण, ४ मन्त्रीको टाउकोमा पनि ऋणभार, कृषिमन्त्री र मनाङेले बुझाएनन् विवरण

६. रिले अनशनमा बसेका जिल्ला सभापतिको मागमा ऐक्यबद्धता जनाउन नेता पौडेल र श्रेष्ठ सानेपा पुगे, क्रियाशील सदस्यता विवादलाई लिएर पार्टीको केन्द्रीय कार्यालयमा नेता र कार्यकर्ताहरूको धर्ना जारी

७. नेकपा माओवादीले गर्यो केन्द्रीय नेताहरूको कार्यविभाजन, प्रवक्तामा कृष्णबहादुर महरा, स्कुल विभागमा प्रचण्ड, नारायणकाजी श्रेष्ठलाई प्रवास समिति इन्चार्ज तोकियो

८. सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका– ३ कालिका छापमा यात्रुवाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यु, ३५ जना घाईतेको उपचार हुँदै

९. कोभिड महामारी सुरु भएदेखि असारसम्म ८ हजार ६६९ जना महिला तथा बालबालिका हराए, ४ हजार ३४६ महिला र बालबालिका हालसम्म पनि ‘गायब’ भएको प्रहरीको रेकर्ड

१०. काठमाडौंमा भेरोसेल खोपको दोस्रो डोज भदौ ११ गतेदेखि दिइने, तीन दिनसम्म चल्ने खोप अभियानमा २ लाख १६ हजार नागरिकले दोस्रो डोज लगाउने, बिहीबार र शुक्रबार ललितपुरका विद्यार्थीलाई भेरोसिलको पहिलो मात्रा खोप दिइने

११. भक्तपुरमा बिहीवार पनि कोरोनाविरुद्धको खोप दिइँदै, ४० वर्षभन्दा माथिका र १८ वर्षमाथिका विद्यार्थीलाई कोरोनाविरुद्धको पहिलो मात्रा लगाउने

१२. तुइन तर्ने क्रममा महाकालीमा खसेर बेपत्ता जयसिंह धामी प्रकरण झण्डै एक महिना पुग्यो, गृह मन्त्रालयद्वारा गठित छानबिन समितिले तीन पटक म्याद थप गर्दा समेत आगामी हप्ता मात्रै प्रतिवेदन बुझाउने, धामीको परिवारमा चिन्ता थपियो

१३. नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल धितोपत्र बोर्डको सञ्चालक समितिमा नबस्ने, सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएपछि राजीनामा

१४. २० वर्षपछि अफगानिस्तानको सत्ता सम्हालेको तालिबानले सरकार गठनको प्रक्रिया अघि बढायो, अर्थमन्त्री र कार्यवाहक गृहमन्त्री, गुप्तचर प्रमुख, काबुलको गभर्नर र शिक्षा विभाग प्रमुख नियुक्त, अलकायदाले दियो तालिबानलाई औपचारिक बधाई

१५. यूएईमा जारी एएसबीसी एसियन युथ एन्ड जुनियर बक्सिङ च्याम्पियनसिपमा नेपाललाई तीन कास्य पदक प्राप्त, प्रतियोगिता आगामी असोज १५ गतेसम्म सञ्चालन हुने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?