काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,७११ पीसीआर परीक्षणमा १,८६२, र ५,५७९ एन्टिजेन परीक्षणमा ६२० जना गरी २४८२ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै वितेको २४ घण्टामा ४४ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म १० हजार ६१२ जना संक्रमितको मृत्यु भएको छ। त्यसैगरी १ हजार ७८१ जना संक्रमणमुक्त भएको जानकारी मन्त्रालयले दिएको छ ।
नेपाल संक्रमित निको हुने दर ९३ दशमलब ५ प्रतिशत रहेको छ। देशभर ३८ हजार २८७ जना सक्रिय संक्रमित रहेका छन्। तीमध्ये ३५ हजार २५० जना संक्रमित होम आइसोलेसनमा छन् भने ३ हजार ३७ जना संस्थागत आइसोलेसनमा रहेका छन्। ६१० जना आइसियु र १६१ जना संक्रमित भेन्टिलेटरमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया