एमाले एकता : कहीँ मिलन, कहीँ बिछोड

लोकपथ
112
Shares

काठमाडौं । तत्कालीन नेकपाकै पाला चरमचुलीमा पुगेको विवादले अब बाटो तय गरेको छ । घनश्याम भुसालसहितका असन्तुष्ट नेताहरू अब अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा एमाले बलियो बनाउने पक्षमा लागेका छन् भने माधव नेपाल नेतृत्वको दलले ओलीइतरको वाम एकता बनाउने घोषणा गरेको छ ।

ओलीसँग असन्तुष्टि राख्दै आएका स्थायी कमिटीका १० नेताले एमालेको पुरानै सांगठनिक संरचनाका आधारमा अघि बढेर एकता प्रक्रियामा सहभागी भएको बताएका छन् । अध्यक्ष ओलीले पार्टी एकता प्रक्रियामा सहभागी भएका फरक मत राख्ने नेताहरूलाई समेटेर बलियो पार्टी बनाउने प्रतिबद्धता जनाएका छन् ।

२०७५ जेठ २ मा फर्किएकाले पूर्ववत् जिम्मेवारीअनुसार महाधिवेशनमा जाने कार्यतालिका एमाले स्थायी कमिटी बैठकले पास गरेको छ । विगतमा फरक मत राखेका नेताहरू अब ‘सम्मानजनक’ अवस्थामा एकताबद्ध पार्टीमा काम गर्ने बताएका छन् । ‘पार्टीले नवौं महाधिवेशनले मार्गनिर्देशन गरेअनुसार १० बुँदे सहमतिका आधारमा अघि बढ्ने यो बैठकको मुख्य प्रतिबद्धता हो,’ एमाले उपाध्यक्ष भीम रावलले कान्तिपुरसँग भने, ‘अब सबै कुरा व्यवहारमा हेर्नुपर्छ । मुख्य कुरा १० बुँदे कार्यान्वयन नै हो । त्यसले नै पार्टी एकतालाई बलियो बनाउँछ ।’

असार २७ मा भएको १० बुँदे सहमतिको २ नं. बुँदामा ‘पार्टीका सबै तहका कमिटी, निकाय र जनसंगठनहरू नवौं राष्ट्रिय महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशा र विधानको व्यवस्थाबमोजिम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन हुनुपूर्व २०७५ साल जेठ २ गतेको (जेठ ३ गतेको केन्द्रीय कमिटीमा सदस्यहरू मनोनयन गर्ने निर्णयसहित) संगठनात्मक अवस्थाबाट क्रियाशील हुनेछन्’ उल्लेख छ ।

आजको कान्तिपुरमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?