‘संस्कृत : पूर्वीय संस्कृतिको स्रोत’ शीर्षकमा अन्तर्राष्ट्रिय सेमिनार

लोकपथ
49
Shares

काठमाडौं । वेदको भाषा संस्कृतको महत्त्वलाई प्रकाशमा ल्याउनको लागि ‘संस्कृत स् पूर्वीय संस्कृतिको स्रोत’ शीर्षकमा एउटा अन्तर्राष्ट्रिय सेमिनारको उद्घाटन भएको छ ।

श्रावणी पूर्णिमाको शुभ दिन ‘विश्व संस्कृत दिवस’ को अवसरमा नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राले सो समारोहको उद्घाटन गरेका थिए।

कोरोना भाइरस (कोभिड-१९) को परिस्थितिलाई मध्यनजर गर्दै भौतिक तथा भर्चुअल माध्ययमद्वारा आयोजना गरिएको
उक्त समारोहमा वाङ्गमय शताब्दी पुरुष सत्य मोहन जोशी, पद्मश्री पुरस्कार विजेता चमू कृष्ण शास्त्री लगायत भारत, नेपाल, अमेरिका, बेलायत र इटलीका प्रख्यात विद्वानहरूको उपस्थिति थियो।

सो अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर) का अध्यक्ष विनय सहस्रबुद्धेले भिडियो सन्देश मार्फत कार्यक्रमको लागी शुभकामना व्यक्त गरेका थिए ।

सेमिनारमा नेपालका १५ संस्कृत विद्वानहरूले आफ्नो शोध पत्र प्रस्तुत गरेका थिए भने भारतसहित अन्य देशका ३० भन्दा बढि विद्वानहरुले संस्कृत भाषा, साहित्य, संस्कृति, तंत्र, व्याकरण,आयुर्वेद, ज्योतिष, र योग लगायत विभिन्न बिषयहरूमा आफ्ना लेख र विचार प्रस्तुत गरेका थिए।

नेपाल प्रज्ञा प्रतिष्ठान , काठमाडौं विश्वविद्यालय, पोखरा विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपतिहरूका साथै नेपाल संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष र त्रिभुवन विश्वविद्यालय, लुम्बिनी विश्वविद्यालयका डीनसहित थुप्रै संस्कृत विद्वान् हरूले सेमिनारमा आ(आफ्नो विचार आदान प्रदान गरे। उक्त सेमिनारमा नेपाल, भारत लगायत अन्य मुलुक का ४५ विद्वानहरुले आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए। फेसबूक लाईभको माध्यमबाट पनि हजारौंले यो सेमिनारमा आफ्नो उपस्थिती जनाएका थिए ।

सेमिनारको उद्घाटन सत्रमा राजदूत क्वात्रा, शताब्दी पुरुष जोशी, चमू कृष्ण शास्त्री तथा प्रा. भीम प्रसाद खतिवडाबाट सामुहिक रूपमा ‘संस्कृतम् भारत-नेपालयोस् संपत्तिस् भाग’ शीर्षक महत्त्वपूर्ण पुस्तकको पनि विमोचन समेत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?