गण्डकीमा कोरोना : पछिल्लो २४ घण्टामा थप ६५४ जना संक्रमणमुक्त

RSS
84
Shares

काठमाडौं । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ६५४ व्यक्ति कोरोना संक्रमणमुक्त भएका छन् ।

यस अवधिमा प्रदेशमा कोरोना संक्रमण हुनेको संख्या ३७४ पुगेको छ भने चार जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ ।

मृत्यु हुनेमा तीन जना स्याङ्जाका र एक जना कास्कीका रहेका स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेश आपत्कालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए ।

उनका अनुसार मृत्यु हुनेमा स्याङ्जाको वालिङ नगरपालिका–८ का ७२ वर्षीया वृद्धा, भिरकोट नगरपालिका–३ का ७५ वर्षीया वृद्धा र आँधीखोला गाउँपालिका–५ का ५९ वर्षीया महिला रहेकी छिन्।

त्यस्तै कास्कीको पोखरा महानगरपालिका–१० का ७९ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।

यीसँगै प्रदेशमा कोरोना सङ्क्रमण भई मृत्यु हुनेको संख्या एक हजार २४७ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?