धान गोडिरहेका विकलाई जब बाघले आक्रमण गर्‍यो…

RSS
490
Shares

चितवन । धान गोड्ने क्रममा बाघको आक्रमणबाट एक व्यक्ति घाइते भएका छन् ।

माडी नगरपालिका–९ वगहीमा बाघको आक्रमणबाट स्थानीयवासी ५५ वर्षीय प्रेमबहादुर विक घाइते भएका हुन् ।

आज दिउँसो धान गोड्ने क्रममा उनलाई बाघले आक्रमण गरेको हो ।

आक्रमणमा परी घाइते विकको बघौडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाइतेको अवस्था खतरामुक्त रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?