१. बितेको २४ घण्टामा गरिएको १४ हजार ८ सय १० परीक्षणमा थप २ हजार ५२५ जनामा कोरोना संक्रमण पुष्टि, २ हजार ८६ जना संक्रमणमुक्त, ३५ जनाको मृत्यु, सक्रिय संक्रमितको संख्या ३८ हजार २५०
२. एमाले महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म काठमाडौंमा, सबै पदाधिकारीलाई जेठ २ पूर्वको जिम्मेवारीमा क्रियाशील हुन निर्देशन, १० बुँदे प्रस्तावलाई सन्दर्भ सामग्रीका रूपमा मातहत कमिटीमा प्रेषित गर्ने निर्णय
३. कुलमान घिसिङलाई नियुक्ति गरेको कागजात तीन दिनभित्र झिकाउन सर्वोच्च अदालतको आदेश, कामकाजमा रोक लगाउन माग गरिएको निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार
४. बागमती प्रदेशकी मुख्यमन्त्री शाक्य आफ्नै सल्लाहमा मुख्यमन्त्री बनेको भन्दै पार्टी रोज्न २१ दिनको समय बाँकी रहेको नेता नेपालको भनाइ, नयाँ पार्टीका लागि केन्द्रीय कमिटी र सांसद दुवैतिरबाट २० प्रतिशत पु¥याउने दाबी
५. एमालेको तेस्रो धारका नेताहरू दास बन्नुको विकल्प नभएको राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाको भनाइ, प्रतिनिधिसभा विघटन जालसाजी र अपराध थियो भन्ने नेताहरू नै ओलीसँग आत्मसमर्पण गर्न पुगेको भन्दै कटाक्ष
६. निर्वाचन आयोगले सनाखतको लागि माधव नेपाललाई भोलि बिहान ११ बजे बोलायो, आफूहरूसँग ३० भन्दा बढी सांसद र ५५ भन्दा बढी केन्द्रीय सदस्य रहेको नेपालको दाबी
७. सबै क्रियाशील सदस्यहरूको विवरण सार्वजनिक गर्नुपर्ने, निर्वाचन निर्देशिकालाई संशोधन गर्नुपर्ने लगायतका माग राखेर कांग्रेसका जिल्ला सभापतिहरूद्वारा पार्टी कार्यालयमा धर्ना, मागहरूको उचित सम्बोधन नभए आन्दोलनमा जाने चेतावनी
८. भौतिक रूपमै कक्षा १२ को परीक्षा सञ्चालन गर्न संसदीय समितिको निर्देशन, परीक्षा दिने तयारीमा रहेका ३ लाख ९६ हजार विद्यार्थीलाई खोप लगाउने तयारी थालियो
९. आफ्नै बुबा र श्रीमतीबीच अनैतिक सम्बन्ध रहेको भन्दै मध्यरातमा हत्या गरी बारीमा शव गाडेका युवक समातिए, गाडिएको शव निकालेर पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगियो, अनुसन्धान हुँदै
१०. सार्कको अध्यक्षराष्ट्रको हैसियतमा अफगानिस्तानबारे नेपालको भूमिका महत्वपूर्ण रहेको ५ पूर्वराजदूतको भनाइ, लामो समयसम्म ध्वंसात्मक राजनीतिबाट आएका तालिबानीहरूको नीति परिवर्तनको घोषणा शंकाको विषय बन्ने भनाइ
११. दार्चुलाको व्यास गाउँपालिका– २ मालघाटमा तुइनबाट महाकाली तर्न लागेका बेला भारतीय सुरक्षाकर्मीले तुइन चुँडाइदिँदा नदीमा खसेर बेपत्ता भएका जयसिंह धामी प्रकरणको महिना दिन पुग्न लाग्यो, छानबिन समितिले अझै बुझाएन प्रतिवेदन, सरकार मौन
१२. सवारी लाइसेन्सको नयाँ आवेदन र ट्रायल तथा प्रयोगात्मक परीक्षा रोकिएको चार महिना बित्यो, सरकारले अनुमति नदिँदा सवारी लाइसेन्सको परीक्षा अन्योलमा, ६ लाख आवेदक पर्खाइमा
१३. अफगान संकटबारे छलफल गर्न जी सेभेनको आपत्कालीन बैठक बस्दै, बाइडेनले पनि भाग लिने, काबुल छाड्ने समयसीमा बढाउन अमेरिकालाई दबाब
१४. नेपाली राष्ट्रिय क्रिकेट टोली आज (मंगलवार) ओमान प्रस्थान, आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँग त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्ने
१५. र, टोकियो प्यारालिम्पिक २०२० आजबाट, मार्च पासमा नेपालको झण्डा पलेशाले बोक्ने, पलेशा सहभागी के ४४ विधाका खेल भने सेप्टेम्बर ३ बाट सुरु हुने
https://www.facebook.com/lokpath/videos/3031299707158593
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया