धनगढी । कैलालीमा ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ ।
जिल्लाको गौरिगंगा नगरपालिका ४ का ४० वर्षीय मानसिहँ गुर्धामीको ट्रकको ठक्करबाट घटना स्थलमै मृत्यु भएको सुदूरपश्चिम ट्राफिक कार्यालय अत्तरियाका सुचना अधिकारी तथा प्रहरी निरीक्षक गणेश उप्रेतीले लोकपथलाई जानकारी दिए ।

उप्रेतीका अनुसार पुर्वबाट पश्चिमतर्फ आईरहेको उदयपुर हर्जेनी गाँउपालिका ३ बस्ने ३८ वर्षका टेकराज खत्रीले चलाएको ग १ ख ६४४१ नम्बरको ट्रकले पैदल यात्रीलाई ठक्कर दिएको जनाएको छ ।
अहिले ट्रक र चालकलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान गरिरहेको उप्रेतीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया