बढ्यो पेट्रोलियम पदार्थको मूल्य

लोकपथ
791
Shares

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ ।

नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढाएको हो । त्यस्तै हवाई इन्धनको मूल्य पनि प्रतिलिटर २ रुपैयाँले बढाएको निगमले जनाएको छ ।

मूल्यवृद्धि गरेसँगै अब पेट्रोल प्रतिलिटर १३० रुपैयाँ, डिजेल तथा मटितेल ११३ रुपैयाँ र हवाई इन्धन ८६ रुपैयाँ कायम भएको निगमले जानकारी दिएको छ । निगमले एलपी ग्याँसमा भने प्रति सिलिण्डर २५ रुपैयाँ बढाएको छ ।

यससँगै एलपी ग्याँसको मूल्य १ हजार ४५० रुपैयाँ कायम भएको निगमको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?