नेपालमा कोरोना : संक्रमणमुक्त हुने दर ९३.५, सक्रिय संक्रमित ३८ हजार बढी (विवरणसहित)

लोकपथ
259
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८ सय १ जनामा कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टि भएको छ ।

देशभर कुल ११ हजार ३ सय २६ परीक्षण (पीसीआर र एन्टीजेन) गर्दा सो परिमाणमा संक्रमितहरु थपिएका हुन् । योसँगै नेपालमा हालसम्म संक्रमित हुनेहरुको कुल संख्या ८ लाख २९ हजार ४ सय ४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ५ सय ३३ पुगेको मन्त्रालयले जनाएको छ ।

विगत तीन दिनयता नेपालमा कोरोना संक्रमित धन्दा संक्रमणमुक्त हुनेको संख्या बढी रहेको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ९ सय २४ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो कुल संक्रमितको ९३ दशमलव ५ प्रतिशत हो ।

मन्त्रालयका अनुसार हाल नेपालमा कुल कोरोना संक्रमितको संख्या ३८ हजार ३ सय ५१ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?