कोशी राजमार्गमा गाडी र मोटरसाइकल ठोक्कियो, १ जनाको मृत्यु

लोकपथ
42
Shares

सुनसरी । जिल्लाको ईटहरी उपमहानगरपालिका २० पानीपियाको जंगलस्थित कोशी राजमार्गमा सेफ्टीट्यांकी जडित गाडी र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ ।

धरानबाट ईटहरी जादै गरेको प्रदेश १-०२-००१ ख ८४४५ को सेप्टिट्याङकी जडित गाडीले विपरीत दिशाबाट आईरहेको मोटरसाईकललाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाईते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाईकल पछाडी सवार रहेका मोरङ विराटनगर १४ भट्टिमोडका १८ वर्षीय सफल राजबंशी रहेका छन् । उनको उपचारको क्रममा दिउसो १ बजे घोपा धरानमा मृत्यु भएको थियो भने चालक भट्टिमोडकै २२ वर्षीय अभिनाष राजबंशी सोही अस्पतालमानै उपचार भईरहेको छ ।

मंगलबार दिउँसो पौने १ बजे भएको सो दुर्घटनाको जानकारी पाउन साथ प्रहरी चौकी तरहराबाट प्रहरी टोली खटि गई घाईतेहरुलाई उपचारको लागी पठाएको थियो । दुर्घटना हुँदा मोटरसाईकलमा आगोलागी जलेको हुँदा नम्बर भने तत्काल खुल्न सकेको छैन ।

गाडी र गाडी चालक सुनसरी ईटहरी ४ का २८ वर्षीय फुलमान राई प्रहरीको नियन्त्रणमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?