डीएलएको महाधिवेशन आगामी मंसिरमा हुने

लोकपथ
287
Shares

काठमाडौं । डेमोक्रेटिक लयर्स एसाेसिएसन (डीएलए) को महाधिवेशन आगामी मंसिरमा हुने भएको छ ।

आइतबार बसेको डीएलएको आगामी मंसिरमा महाधिवेशन गर्ने निर्णय गरेको डीएलएका वरिष्ठ केन्द्रीय सदस्य कीर्तिनाथ शर्मा पौडेलले लोकपथलाई जानकारी दिएका छन् ।

बैठकको निर्णय अनुसार आगामी असोज १५ गतेभित्र जिल्ला इकाइको अधिवेशन सम्पन्न गरी महाधिवेशन प्रतिनिधि पठाउन निर्देशन दिने पनि निर्णय समेत गरेको छ ।

त्यसैगरी तोकिएको मितिपछि अधिवेशन गर्ने जिल्ला इकाइलाई मान्यता नदिने पनि बैठकले निर्णय गरेको पौडेलले बताए ।

त्यसैगरी आगामी भदौ ११ गतेभित्र विधान मस्यौदा समिति गठन गर्ने बताइएको छ ।

डीएलएका केन्द्रीय अध्यक्ष योगेन्द्रबहादुर अधिकारीको अध्यक्षतामा बसेको बैठकले जिल्ला इकाइबाट के कति महाधिवेशन प्रतिनिधिलाई समावेश गराउने भन्नेसम्बन्धमा पनि निर्णय गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?