पहिरामा परी ज्यान गुमाएका सात परिवारलाई आर्थिक सहयोग हस्तान्तरण

लोकपथ
49
Shares

तनहुँ । पहिरामा ज्यान गुमाएका तनहुँ र गोरखाका सात परिवारलाई आज आर्थिक सहयोग प्रदान गरिएको छ । पूर्वमन्त्री एवं नेकां केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको सक्रियतामा पहिरामा परी ज्यान गुमाएका परिवारलाई उक्त सहयोग प्रदान गरिएको हो ।

पहिरामा परी मृत्यु भएका परिवारलाई पूर्वमन्त्री बस्नेत र जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन् । व्यास नगरपालिका–१ निर्मलबस्ती निवासी सरस्वती घर्ती, बन्दीपुर गाउँपालिका–३ तामुङका सरस्वती थापा र हरिमाया सार्कीको पहिरामा परी ज्यान गएको थियो ।

त्यसैगरी ऋषिङ गाउँपालिका–७ की देवीसरा थापा, वडा नं ८ का खुमबहादुर आलेको परिवारलाई आर्थिक सहयोग दिइएको हो । त्यसैगरी छिमेकी जिल्ला गोरखाको सिरानचोक गाउँपालिकाका श्रीमान्–श्रीमतीको पहिरामा परी मृत्यु भएका परिवारलाई पनि आर्थिक सहयोग दिइएको छ । रमनप्रसाद र नन्दकुमारी पाण्डेको पहिरामा परी मृत्यु भएपछि निजका छोरालाई ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको छ । पहिरामा परी ज्यान गुमाएका परिवारलाई जनही २५ हजार रुपैयाँका दरले आर्थिक सहयोग प्रदान गरिएको नेपाली कांग्रेस जिल्ला सचिव विश्व बाँस्तोलाले जानकारी दिए । उनका अनुसार कूल एक लाख ७५ हजार आर्थिक सहयोग दिइएको छ ।

केन्द्रीय सदस्य बस्नेतले विपद्को समयमा चह¥याइरहेको घाउमा मल्हम लगाउने कार्य गरिएको बताए । । पार्टीको विपद् व्यवस्थापन समितिको संयोजकसमेत रहनुभएका बस्नेतले दुःखमा साथ दिनुपर्छ भन्ने कांग्रेसको धर्म भएकाले सक्दो सहयोग जुटाएर सहयोग गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?