कोरोना संक्रमणबाट कलाकार शम्भुराज थापाको निधन

लोकपथ
98
Shares

काठमाडौं । कोरोनाभाइरस संक्रमणपछि उपचाररत हास्यकलाकार शम्भुराज थापाको ६४ वर्षेको उमेरमा निधन भएको छ ।

कोरोना संक्रमण भएपछि पाटन अस्पतालमा उपचार गराइरहेका कलाकार थापाको शनिवार बिहान करिब पौने ५ बजे निधन भएको हो ।

उनलाई एक महिना अगाडि कोरोनाभाइरस संक्रमण देखिएको थियो । कोरोना संक्रमण देखिएपछि उपचार गराइरहेका उनको निधनप्रति कलाकारसहितले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।

हास्यकलाकार तथा समाजसेवी सीताराम कट्टेल धुर्मुसले उनलाई श्रद्धाञ्जली दिँदै सामाजिक सञ्जाल फेसबुकमा तस्बिर पोष्ट गर्दै लेखेका छन्, ‘निःशब्द, हार्दिक श्रद्धाञ्जली शभ्भु दाइ । बैकुण्ठमा बास होस् ।’

उनले मह सञ्चार, मेरी बास्सै, भद्रगोल, हल्का रमाइलो, गोलमाललगायत टेलिसिरियल तथा केही चलचित्रमा अभिनय गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?