घरमा कोही नभएको मौका छोपी १४ वर्षीया किशोरीमाथि जबर्जस्ती करणी

लोकपथ
434
Shares

बारा । बारामा एक किशोरीको बलात्कार भएको घटना सार्वजनिक भएको छ ।

बाराको पचरौतामा नगरपालिका वडा नम्बर ७ स्थित बेनौली गाउँमा एक किशोरी बलाकृत भएकी हुन् ।

मंगलवार दिउसो तर्फ १४ वर्षिया किशोरीको घरमा कोही नभएको मौका छोपी सोही गाउँका २५ वर्षिय रुसियन साह घरमा प्रवेश गरी डराई धम्काई जवर्जस्ती करणी गरेको बारा प्रहरीले जनाएको छ ।

घटना बारे बुधवार प्रहरीलाई जानकारी गरेपछि सिम्रौनगढ स्थित इलाका प्रहरी कार्यालय र पिपरपाती प्रहरी चौकीका प्रहरीले संयूक्तरुपमा आरोपित यूवा र किशारी दुवै जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ ।

थप अनुसन्धानपछि आरोपित साहमाथि जवर्जस्ती करणी मुद्दा दर्ता गरिएको ईलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरिक्षक दिपक सवेदीले जानकारी दिए ।

करणी सम्बन्धी कसुर मुद्दामा १० वर्ष वा १० वर्षको उमेर भन्दा माथि १४ वर्ष उमेर भन्दा कम उमेरकी बालिका भए १८ वर्ष देखि २० वर्ष सम्म कैद सजायको कानूनी व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?